|

काठमाडौं : हवाई दुर्घटना परी ज्यान गुमाएका-पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’  सार्वजनिक गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले गीति एल्वम सार्वजनिक गरेका हुन्।

सार्वजनिक कार्यक्रममा बोल्दै नेता पौडेलले हवाई दुर्घटनामा निधन भएका रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पुर्‍याएको योगदान भुल्न नसकिने बताए। उक्त एल्बममा रानाले लेखेका रचनालाई संकलित छन्। छ वटा गीत समावेश उक्त एल्बममा तीन वटा रानाको रहेको छ भने तीन वटा भावेश भुमरीका रहेका छन्। उक्त एल्बमका छ गीतमा थुप्देन भुटिया, महेश सेवा, स्वरुपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बम्जन, बालिका प्रधान र निखिता थापाले स्वर दिएका छन्।

एल्बममा रहेका तीन  गीतको भिडियोसमेत बनाइएको छ। विसं २०७३ मा को–पाइलट सन्तोषको हवाई दुर्घटनामा निधन भएको हो। सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले छोराले सिर्जना गरेको गीत आम श्रोतासम्म पुर्‍याउन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.