|

काठमाडौं : युवा कवि हेम प्रभास यतिखेर निर्देशक भएका छन्। कान्तिपुर फिल्म एकेडेमीमा एकवर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा उत्रिएका हुन्। आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसकेका हेम प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गरेका छन्।

यतिखेर हेमले आफ्नो पाँचौ म्यूजिक भिडियोको निर्देशन गरेका छन्। जुन म्यूजिक भिडियो यहि शुक्रबार रिलिज भइरहेको छ। हावाको झोँका अँधेरी रातमा बोलको यो गीत विकाश थापाले लेखेका हुन्। अमेरीकामा रहेर पनि विकाश साहित्यिक लेखनमा सक्रिय छन्। यस अघि हेम प्रभासले प्रयोगात्मक रुपम निर्माण गरेको दृश्य भिडियो कविता पनि विकाशले नै लेखेका हुन्।

गीतमा विकास थापाको शब्द,सन्तोष श्रेष्ठको संगीत रहेको छ। गीतलाई रामकृष्ण ढकालले गाएका हुन् भने गीतका एरेञ्जर देवेन्द्र नेवा हुन्। रेकर्डीङ तथा मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन्। एकोस्टीक नेपालमा गीत रेकर्डिङ गरिएको हो।

गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन्। कविता तोलाङगीले श्रृंगार गरेकी हुन् भने दृश्य सम्पादन राजेश कुमारले गरेका हुन्। वरिष्ठ अभिनेता सरोज खनाल, रीमा केसी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तिलक गौतम एवं संगीतकार सन्ताेष श्रेष्ठ समेत फिचरिङ छन्। डिजिटल क्रिएशनको प्रस्तुती यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो। गीतलाई म्यूजिक नेपालले रिलिज गरिरहेको छ।

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.