राजनीति

‘आफूलाई तीव्र गतिको दौडमा सामेल गरेको छु’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)
SHARES

बैशाख १, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीका नाममा सम्बोधन गरेका छन।

    देशवासीका नाममा आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरेको सम्बोधनमा प्रधानमन्त्री ओलीले समयको गतिसँगै मुलुकलाई विकासमा अगाडि बढाउन आफू क्रियाशील रहेको बताएका छन। उनले भनेका छन, ‘समयको गति समाउन मैले पनि आफूलाई यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु।’

    प्रधानमन्त्री ओलीले गएको वर्ष २०७५ मा आफू मुलुकका विभिन्न भागमा पुगेर त्यहाँबाट विकास गर्नकालागि प्रेरणा बोकेर आएको बताएका छन। उनले विकासमा लामबद्ध हुन सबैलाई आह्वान पनि गरेका छन। प्रधानमन्त्री ओलीले वर्ष २०७५ कानुन निर्माण र समृद्धिको जग बसाल्ने वर्ष भएको र अबको वर्ष त्यसबाट प्रतिफल प्राप्त गर्ने वर्ष हुने दाबी गरेका छन।

    सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा पनि के के काम गरेको छ भनेर प्रश्न गर्न र गरेका कामबाट जनतालाई कति फाइदा भयो भन्ने प्रश्न गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन।

    प्रधानमन्त्रीले सम्बोधनका क्रममा आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारको अन्त्यका लागि काम गरेको बताए। उनले मुलुकमा शान्ति स्थापनाका लागि पनि महत्वपूर्ण काम भएको बताए।

    प्रधानमन्त्रीले शान्ति स्थापनाका लागि सरकारले काम गरिरहेको र अबको वर्ष पनि त्यसलाई निरन्तरता दिने बताए।

    पढ्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]