बीमाको एक लाख रुपैयाँ सरकारले तिर्ने

|

काठमाडौं : नयाँ वर्षका अवसरमा नेपाल सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोल्ने राष्ट्रिय अभियानको सुरुवात गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १०० वर्षीया जमुना गुरुङ, ९४ वर्षीय गौरीशंकर दासलगायत ५५ जना जेष्ठ नागरिकलाई एक लाख रुपैयाँको ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका हुन।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सरकारका मन्त्री, उच्च अधिकारीको उपस्थितिमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ राष्ट्रिय अभियानको सुरुवात भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनको आयोजनामा कार्यक्रमको सुरुवात भएको हो। ज्येष्ठ नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिएको हो। यो बीमा कार्यक्रमको प्रिमियम नेपाल सरकारले तिर्ने बताइएको छ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ। हालसम्म बैंक खाता नखोलेका नागरिकका लागि खाता खोल्न लाग्ने एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान सुरु भएको हो।

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैंकबाट गरिने बताइएको छ। यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.