|

संकटमा गुज्रिरहेको जेट एयरवेजका ११०० पाइलटले भोलिदेखि उडान नभर्ने निर्णय गरेका छन्। राष्ट्रिय संगठन नेश्नल एभियसन गिल्ड (एनएजी)मा आबद्ध ११०० पाइलटले सेवासुविधा नपाएको भन्दै उडान नभर्ने निर्णय गरेका हुन्। उनीहरूले सोमबार बिहान १० बजेदेखि कुनै पनि उडान नभर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पाइलटका साथसाथै इन्जिनियर र वरिष्ट प्रबन्धकहरूले जनावरीदेखि तलबको माग गर्दै आन्दोलन गरिरहेका छन्। ऋणमा डुबेको कम्पनीले अन्य वर्गका कर्मचारीहरूको मार्च महिनादेखिको तलब भुक्ता गर्न सकेको छैन्।

'अहिलेसम्म साढै तीन महिनादेखि तलब पाएका छैनौँ र थाहा छैन हाम्रो कहिले कहिले मिल्छ। त्यसैले हामीले १५ अप्रिलदेखि जहाज नउडाउने फैसालासहित अगाडि बढ्ने निर्णय गरेका छौँ। एयरवेजका सबै ११०० पाइलटले सोमबार बिहानदेखि उडान भर्ने छैनन्', गिल्डको सूत्रकोको भनाइ उद्धृत् गर्दै हिन्दुस्तान डट्कमले लेखेको छ। जेट एयरवेजमा कुल १ हजार ६ सय पाइलट छन्।

यसअघि पाइलटहरूले मार्च महिनाबाटै विमान नउडाउने घोषणा गरेका थिए। कम्पनीले १५ अप्रिलसम्म सेवासुविधाको व्यवस्था गर्ने बताएपछि उनीहरूले काम सुचारु गरेका थिए। भारतीय स्टेट बैंकको अगुवाइमा बैंकहरूको एउटा समूह पछिल्लो समय जेट एयरवेजको समस्या समाधानका लागि काम गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.