|

चर्चित झिल्के लोक दोहोरी गायक नवराज घोरासाइनेले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखीहरूको लागि 'मोटर साइकल आजै किनेको' उपहार लिएर आएका छन्।

गीतमा गाएक घोरासाइनेलाई चर्चित लोक गायिका पार्वती कार्कीले साथ दिएकी छिन्। गीतको शब्द तथा संगीत घोरासाइने आफैँको रहेको छ। काठमाडौं डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ। गीतको छायाकन दुर्लभ श्रेष्ठ, ग्राफर विषेश महर्जनको रहेको छ। सम्पादन नवीन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ। संजीव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजीव ठकुरी, संजीता राना, गायकद्वय नवराज घोरासाइने र पार्वती कार्कीको साथमा नारायण दंगालले अभिनय गरेका छन्।

आफ्नो चर्चित गीत 'मोटर साइकल आजै किनेको' भिडियोसहित आम दर्शक तथा स्रोतामाझ आएसँगै नेपाली दर्शक तथा स्रोता निकै उत्साहित बनेका छन्। योसँगै डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको 'डाँडाघरे दाइ' बोलको लोक दोहोरी गीतमा पनि गाएक घोरासाइनले आफ्नो स्वर दिइसकेका छन्।

डिएआर मुभिजको अफिसियल युट्यब च्यानलबाट गायक घोरासाइनेको 'मोटरसाइकल आजै किनेको' बोलको लोक दोहोरिको भिजुवल आम दर्शक तथा स्रोता माझ लेराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.