|

काठमाडौं : वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई वसन्तपुर ल्याइएको छ। चैत्र शुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिन्छ। रथलाई वसन्तपुर पुर्‍याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा आइतबारबाट सुरु भएको थियो। सेतो मछिन्द्रनाथको रथ आइतबार साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको थियो। वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायू तथा आर्थिक उन्नति हुने जनविश्वास छ।

रथ यात्राको दोस्रो दिन आइतबार असनबाट हनुमानढोकास्थित कालभैरवसम्म लगिएको थियो भने भोलि र तेस्रो दिन काल भैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ। पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ। 

१७ औँ शताब्दीमा शुरु भएको रथयात्रा यहाँको सभ्यताको पहिचानका रुपमा स्थापित छ। रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने रथयात्रा व्यवस्थापन समितिले जनाएको छ।

असनबाट वसन्पुर आइपुग्दाको फोटोहरू:

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.