|

फ्रेन्च क्लब पीएसजीले फ्रेन्च लिग वानमा १९ वर्षयताकै फराकिलो हार ब्योहोरेको छ। पीएसजी आइतबार राति भएको खेलमा लिलेसँग ५–१ को फराकिलो हार ब्योहोरेसँगै उसले लिग जित्ने लक्ष्य एक खेल पछाडि धकेलिएको छ।

१० खेलाडीमा समेटिएको पीएसजीलाई लज्जास्पद हार चखाउन लिलेका निकोलस पेपे, जोनाथन वाम्वा, गाब्रियल र जोसे फोन्टेले गोल गरे। एक गोल उपहार पाएको थियो। जुवान बर्नाटले सान्त्वाना गोल फर्काए। खेलको सातौ मिनेटमा नै पीएसजी थोमस म्युनियरको आत्मघाती गोलबाट खेलमा पछि पर्यो। छेकाको प्रहार रोक्न खोज्दा डिफ्क्लेट भएपछि खेलमा गोल भएको थियो।

तर, पीएसजीले लिलेको त्यो अग्रतालाई लामो समय टिक्न दिएन। ११औं मिनेटमा जुवान बर्नाटले बराबरी गोल फर्काए। ३६औं मिनेटमा जुवान बर्नाट सिधै रातो कार्ड खादै मैदान बाहिर गएपछि भने खेलमा पीएसजी एकपक्षीय आक्रमणको सिकार बन्यो। पीएसजी १० खेलाडीमा समेटिएको फाइदा उठाउने त्रममा ५२औं मिनेटमा निकोलस पेपेले गोल गरे। ६५औं मिनेटमा जोनाथन वाम्वाले गोल गर्दै खेललाई ३–१ को अवस्थानमा ल्याए।

७२औं मिनेटमा गाब्रियलले तथा ८४औं मिनेटमा जोसे फोन्टेले गोल गर्दै पीएसजीलाई ५–१ को नराम्रो हार चखायो। पीएसजीले बल पोजेसन राखेपनि लगातार गोल खाइरह्यो। जितसँगै लिलेले शीर्षस्थानको पीएसजीको सँगको अंक दुरी छोट्याएको छ। लिलेको ३२ खेलबाट ६४ अंक पुगेको छ। एक खेल कम खेलेको पीएसजीको ८१ अंक छ। हारसँगै पीएसजीले उपाधिका लागि अझै अर्को खेल कुर्नुपर्ने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.