|

२९ वर्षपछि इग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुलले दाबेदार सिटीमाथिको दबाब कायम राखेको छ। आइतबार भएको खेलमा बलियो प्रतिद्वन्द्वी चेल्सीलाई २–० ले पराजित गरेसँगै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ। तर सिटी र लिभरपुलले यहि अवस्थामा लिगको अन्त गरेमा सिटी च्याम्पियन बन्ने छ। तर सिटी कुनै टीम सँग रोकिएको खण्डमा भने लिभरपुलको बाटो खुल्ला हुने छ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहले एक एक गोल गरे। एनफिल्डमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसपछि खेलको ५३ औं मिनेटमा सलाहले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै लिभरपुललाई २–० को अबस्थामा पुर्याएका थिए।

खेलमा चेल्सीले गोलका केहि आकर्षक मौकाहरु चुकायो। उसका इडेन हाजार्डलगायतका खेलाडीले पटक पटक गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा शीर्ष चारमा बलियो बन्ने मौका गुमायो। जितसँगै म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लियो। यद्यपी सिटीले एक खेल कम खेलेको छ। लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ। एक खेल कम खेलेको सिटिको ८३ अंक छ। पराजित चेल्सीको ६६ अंक छ। चेल्सी लिगको चौंथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.