|

आईसीसी यू–१९ विश्वकपका लागि भइरहेको एसियन छनोटको तेस्रो खेलमा नेपाल मलेसियाविरुद्ध प्रतिष्पर्धा गर्दे छ। जसमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पहिलो खेलमा सिंगापुरलाई पराजित गरेको नेपाल दोस्रो खेलमा वर्षाका कारण युएइसँग १ रनले पराजित भएको थियो।

मलेसियाले ब्याटिङ सुरु गर्दे २५ रनको अवस्थामा २ विकेट गुमाइसकेको छ। सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाले डीएलको सिकार भएको थियो।

युएइसँगको हारसँगै नेपालको विश्वकप छनोटको संभावना कमजोर भएको छ। यद्यपि कुनै खेलमा युएइ पराजित भएको खण्डमा भने नेपालको संभावना खुल्ने छ। मलेसियाले सुरुवाती दुवै खेल हारेको छ। यूएईसँग ५ विकेटले पराजित भएको मलेसिया ओमानसँग ४६ रनले पराजित भएको थियो। नेपालले यू–१९ मा मलेसियालाई पछिल्ला ५ खेलमा नै पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.