|

 चितवन: अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन्।। आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई सोमबार निर्देशन दिँदै मन्त्री खतिवडाले सङ्ख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिए। 

 करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए। आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए। आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो। 

 मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिएका छन्।। यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले अन्तः शुल्क संकलनमा चुस्त–दुरुस्त ढंगले काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताए। 

आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन्। चालू आर्थिक वर्षको चैतसम्ममा  २० अर्ब राजश्व संकलन भइसकेको उनले बताए। यस आर्थिक वर्षमा ३० अर्ब राजश्व उठाउने लक्ष्य सो कार्यालयको रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.