|

आगामी महिना इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा गरिएको छ  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले आज १५ सदस्यिय टोलीको घोषणा गरेको हो।

विराट कोहलीको कप्तानीमा रहेको टोलीमा रोहित शर्मालाई उपकप्तान बनाईएको छ । टोलीमा शिखर धवन, महेन्द्रसिंह धोनी, दिनेश कार्तिक, युजवेन्द्र चहल, रविनद्र जडेजा, विजय शंकर, मोहम्मद शमी, केएल राहुल, केदार याधव, कुलदीप यादव, हार्दिक पाण्ड्य, जसप्रीत बुमराह र भुवेश्वर कुमार रहेका छन् ।

यद्धपी बिसीसीआईले मे २३ सम्म टीममा केही परिवर्तन गर्न सक्ने बताएको छ । विश्वकप क्रिकेट आगामी मे को अन्तिममा सुरु हुनेछ । पहिलो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकावीच लण्डनको ओभल मैदानमा हुनेछ । भारतले पहिलो खेल दक्षिण अफ्रिकासँग जून ५ मा खेल्नेछ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.