राजनीति

वडा कार्यालयमै तालाबन्दी
SHARES

बैशाख २, २०७६

    बर्दिया : जिल्लाको बढैयाताल गाउँपालिका ६ को कार्यालयमा तालाबन्दी गरिएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न नदिएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन्।

    वडाध्यक्षसँग पटक-पटक सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्न अनुरोध गर्दा कुनै सुनुवाई नगरेपछि स्थानीय नेपाली कांग्रेसका नेता भगत नेपालीको अगुवाईमा तालाबन्दी गरिएको बताइएको हो। बर्दियाका प्रतिनिधिसभा सदस्य संजयकुमार गौतमले उक्त वडामा सर्वोदय प्राविदेखि भदोइ जाने सडक निर्माणका लागि पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ छुट्ट्याएका थिए। तर उक्त सडक निर्माणका लागी कुनै सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन्।

    सडक निर्माणका लागी कुनै पहल समेत नभएपछि आफूहरू तालाबन्दी गर्न बाध्य भएको स्थानीय नेपाली कांग्रेसका नेता भगत नेपालीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]