|

कपिलवस्तु : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च कपिलवस्तु आइपुगेको छ। चैत २९ गते विराटनगरबाट सुरु भएको र्‍याली धनुषा, हेटौंडा, पोखरा, लुम्बिनी हुँदै सोमबार कपिलवस्तु पुगेको हो। ओलम्पियन जितबहादुर केसी लगायतले कपिलवस्तुको जीतपुरमा दीप प्रज्ज्वलन गरेका थिए। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को व्यवस्थापनमा जारी र्‍याली प्रदेश १ को विराटनगर हुँदै देशव्यापी हुँदै र्‍याली वैशाख ५ गते नेपालगंज रंगशालामा उद्घाटन दीप प्रज्वलन (ओलम्पिक टर्च) गरेपछि समापन हुने छ। कार्यक्रममा १४ ओलम्पियनले सक्रिय सहभागिता जनाएका छन्।

एसियन ट्रयाक एण्ड फिल्ड १९७३ मा म्यारथन रेसमा कास्य पदक ल्याउन सफल तथा ओलम्पिक २०७२ मा जर्मनमा पनि सहभागी भई नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउन सफल खेलाडी जितबहादुर केशी, १९८८ मा दक्षिण कोरियामा ओलम्पिक सहभागी खेलाडी डम्बर कुँवर, १९८८ मा दक्षिण कोरियामा ओलम्पिक सहभागी महिला खेलाडी मेनुका राउत, १९७६ मा अमेरिकामा ओलम्पिकमा सहभागी महिला खेलाडी बिमला राना मगर, पूर्व चिफ कोच मोहन घलेसहित खेलाडी टोलीले टर्चलाई जितपुर बजार परिक्रमा गराएका हुन्।

परिक्रमापछि भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति बाणगंगा नगरपालिकाका प्रमुख मगंलप्रसाद थारुले टोलीलाई स्वागत गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कपिलवस्तुमा कुस्ती भइसकेको र महिला फुटवल प्रतियोगिता ४ गतेबाट हुने हुँदा सम्पूर्ण कपिलवस्तुबासीका लागि खुशीको कुरा रहेको बताए।त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छवि रेश्मी मगरले शान्तिका अग्रदूत भगवान गौतम बुद्धले २९ वर्ष बिताएको यो पावन भूमिलाई खेलकुद हबको रुपमा विकास गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। 

 ऐतिहासिक प्रतियोगितालाई सफल पार्न सबै सघं सस्था निकायलाई सहयोग गर्न समेत अध्यक्ष रेश्मी आग्रह गरेका छन। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिनेश रोकाहा बृद्धि क्षेत्री, कोषाध्यक्ष पदम सेन सहितको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.