|

कञ्चनपुर : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या हिंसा चरम रुपमा बढनुमा सरकार दोषी रहेको बताए। नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलन कार्यक्रमलाई सोमबार भीमदत्तनगरमा उद्घाटन गर्दै हत्यारालाई संरक्षण गर्ने कार्यमा सरकार लागेको उनले बताए।

'महँगी चरम अवस्थामा पुगेको छ' उनले भने,‘विकास बजेट खर्च हुन पाएको छैन। कसरी विकास हुन्छ।’ पार्टी कार्यकर्तालाई एकजुट भएर जनताको घरदैलामा जानु पर्ने उनले बताए। ‘संघीय र प्रदेश निर्वाचन आउन झण्डै चार वर्ष बाँकी छ’ उनले भने। जनता सर्वोपरि भएकाले प्रत्यक्ष सम्पर्कमा गै सेवा गर्नुहाेस्।

सोही कार्यक्रममा पूर्व प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रथम पटक प्रकासित गरेको श्रमिक स्पन्दन स्मारिकाको विमोचन गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकास साउदले सबै कार्यकर्ताले एकजुट भइ लागेमा अर्को निर्वाचनमा विजय सुनिश्चित भएको बताए।

सोही पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकाले यस क्षेत्रको विकासका लागि विनियोजित बजेट वर्तमान सरकारले कटौती गरेको आरोप लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.