|

ईङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले वाटफोर्डलाई १–० ले पराजित गर्दै शीर्ष चारमा उक्लिएको छ। सोमबार राति भएको खेलमा जित निकाल्दै आर्सनलल तालिकाको शीर्ष चारमा उक्लन सफल भएको हो।

जितसँगै आर्सनलले शीर्ष चारमा रहने संभावनालाई थप मञ्जबुत बनायो। प्रिमियर लीगमा उपाधि भिडन्त र शीर्ष चारको होडबाजि रोमाञ्चक मोडमा पुगेको छ। च्याम्पियन्स लिग खेल्ने दौडमा ६ क्लब प्रतिष्पर्धामा छन्। जसमा सिटी र लिभरपुल उपाधि होडमा रहँदा अन्य दुई स्थानका लागि ४ क्लबको प्रतिष्पर्धा रहेको छ।

आर्सनलले छैटौ स्थानको म्यानचेष्टर युनाईटेडसँग दुई अंकको अग्रता लिन सफल भएको छ। र समान ६६ अंक जोडेर पाँचौ स्थानमा रहेको चेल्सीसँग गोल अन्तरमा अघि रहन सफल भएको छ। खेलको १० औ मिनेटमा पिएरी एम्रिक अमुमियाङले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए। लगत्तै ट्रोय डेनीले ड कार्ड खाएपछि घरेलु टोली वाटफोर्ड १० खेलाडीमा सिमित बनेको थियो।

खेलको ८० मिनेट १० खेलाडीमा सिमित बनेको वाटफोर्डले आर्सनलविरुद्ध निरन्तर आक्रमण गरेपनि गोल गर्न भने सकेन्। आर्सनलका गोलरक्षक बर्नड लेनोले केही उत्कृष्ट प्रहार गर्दे पाहुना टोलीको अग्रतालाई जोगाउन सफल रहे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.