|
प्रतीकात्मक तस्विर

पोखरा : पोखरामा एक युवती साथीहरूबाटै सामुहिक रूपमा बलत्कृत भएकी छन। धादिङ घर भएकी २२ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथी सामूहिक बलत्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी हुन।

प्रहरीले युवतीले दिएको उजुरीका आधारमा युवतीका चार जना साथीहरूलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। पक्राउ पर्नेमा राजन गैह्रे, सरोज श्रेष्ठ, अनिल गौतम र राजु नेपाली रहेका छन।

डिएएसपी गुरुङका अनुसार चारै जनाले आरोप स्वीकार गरिसकेका छन। ‘युवतीले दिएको उजुरीको आधारमा चारै जनालाई पक्राउ गरिएको छ,’ उनले भने, ‘उनीहरू सबैले मादक पदार्थ सेवन गरी युवतीमाथी बलात्कार गरेको हुन सक्ने देखिन्छ। राती ३ बजे तिर घटना भएको देखिन्छ। अनुसन्धानको क्रम जारी छ।’

चारै जनामाथी जबर्जस्ती करणीको मुद्धा दर्ता भइसकेको प्रहरीले जनाएको छ। बलात्कृत युवती धादिङ घर भइ पोखरामा काम गर्दै आएकी बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.