|

हेटौँडा : प्रदेश-३ प्रदेशसभाको मंगलबार बसेको बैठक करिब आठ मिनेट बसेर स्थगित भएको छ।

पाँच दिनपश्चात् बसेको प्रदेशसभाको बैठक चारवटा विधेयक सम्बन्धित समितिमा पठाउँदै एउटा विधेयक पारित गर्न समितिबाट दफाबार छलफलपश्चात् प्रदेशसभा पेश गरिएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा यसअघि सदनमा पेश भएका चारवटा विधेयकमाथि दफाबार छलफलका लागि समितिमा पठाइएको हो।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन समितिमा पेश गरेका थिए।

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले पेश गरेको प्रोदेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ। मन्त्री दुलालले पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफाबार छलफलका लागि पठाइएको छ।

प्रदेश ३ का भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रस्तुत गरेको प्रदेश बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.