|

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार मंलबार बेलुकादेखि देशका अधिकांस भूभागमा मौसम बदली भई हावाहुरी र मेघ गर्जनसहित पानी परिरहेको छ।

मौसम विभागले अबको तीन दिनको मौसम पूर्वानुमान गर्दै पर्सी बिहीबारसम्म मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। मौसम सामान्यदेखि पूर्ण बदली रही पश्चिमी क्षेत्रका अधिकांश भाग तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानहरूमा चट्टयाङ, हुरी बताससहित हल्कादेखि मध्ययम खालको वर्षा र असिना पानीको संभावना रहेको छ। तराईका जिल्लाहरूमा हुरीबताससँगै उच्च पहाडी तथा हिमाली भू-भागहरूमा हिमपातको सम्भावाना रहेको महाशाखाले जनाएको  छ।

यस्तैमा थाहाखबरकर्मी दीपक केसीले चट्याङका पर्दै गर्दाका कलात्मक तस्बिर खिचेका छन्। हेर्नुहोस् बिजुली चम्किँदै गर्दा खिचिएका तस्बिरहरू :

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.