|

धनकुटा : वर्षासँगै परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब साढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय लालमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोबाइल चार्जमा राखेर सुतेका तामाङको वर्षासँगै परेको चट्याङ लागेर गम्‍भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.