|

चन्द्रपुर : नयाँ वर्ष २०७६ सालको आगमनसँगै प्रदेश-२ मा आगन्तुकहरुको लागि नयाँ गन्तव्‍य स्थान खुबै चर्चित छ। रौतहटको चन्द्रपुर नगरपालिका-२ स्थीत जरुवामा रहेको (मार्फा)जंगे झरना स्थानीयले पर्यटनहरुको लागि नयाँ वर्ष केन्द्रबिन्दु नै बन्यो।

पर्यटकीयहरूलाई जानकारी गराउने उद्‍देश्य हातिदमार क्षेत्र पर्यटन विकास समिति चन्द्रपुर-२ ले वनभोजको कार्यक्रम नै आयोजना गरी नया वर्ष मनाएको छ। मार्फा खोलामा रहेको एतिहासिकस्थलको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उदेश्ले नया बर्षको अवसर पारेर वनभोजको कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष टेकराज खरेलले जानकारी दिए। प्रदेश-२ कै एक मात्र झरनाको रुपमा रहेको यस  क्षेत्रको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने लक्ष्यको साथ सो क्षेत्रको कामको साथ साथै योजना बनाइरहेको अध्यक्ष खरेलले बताए।

राणाकालीन सरकारका पहिलो प्रधानमन्त्री जंगबहादुर राणाले मनोरञ्‍जन गर्ने गरेको स्थानको रूपमा परिचित उक्त झरनाको विकास र संरक्षण अति नै आवश्यक रहेको उनी बताउँछन्। जंगबहादुर राणाले तनावमुक्त हुन आउने र नुहाउने सो झरना चन्द्रनिगाहपुर महेन्द्र राजमार्गबाट करिब १२ किलोमिटर उत्तरी चुरे क्षेत्रमा पर्दछ। रौतहट र मकावनपुरको सीमामा पर्ने झरनामा जंगबहादुर राणाले नुहाउने र हातीदमार भन्ने गाउमा हाती बाध्ने गरेको स्थानीय पुराना बुढापाकाहरुको भनाइ रहेको छ। मनोरम बाताबरणमा रहेको उक्त झरनाको अबलोकन गर्न एकपटक पुग्नै पर्ने स्थलको रुपमा रहेको सो झरना हेर्न पुगेका चन्द्रपुर कार्यपालिका सदस्य काजीमान माझीले बताए।

करिब ६० फिट भन्दा अग्लो र करिब १५ फिट गहिरो झरनामा गएपछि फर्कन समेत मन नलाग्ने उनी बताउछन। हिजो आजे सो क्षेत्रमा ड्राइ पिकनिक खानेहरुको लर्को लाग्ने गरेको छ। उक्त क्षेत्रमा पर्यटकहरुको लागी अवतजावत गर्न सहज बनाउन चन्द्रपुर नगरपालिकाले यस वर्ष ट्रयाक खोल्नको लागि २० लाख रुपैयाँ सहयोग समेत गरेको अध्यक्ष खरेलले जानकारी दिए। प्रचारप्रसार अभावमा यस्तो महत्वपुर्ण स्थल बेखर बनेको कारण यसलाइ तीव्र प्रचारप्रसार र विकासको खाँचो भएको अध्यक्ष खरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.