|

काठमाडौं : चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

नयाँ वर्ष २०७६ को अवसर पारेर केही दिनअघि मात्र चलचित्रको फर्स्ट लुक सार्वजनिक गरिएको थियो। मजदुरहरूको कथाव्यथा समेटिएको चलचित्र ‘पसिना’ को सार्वजनिक ट्रेलरमा चलचित्रका सम्पूर्ण मुख्य कलाकार गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरि, सुरजनी केसी, शिव शंकर रिजाल, सरोज अर्याल, सरीताराज उपाध्याय,जयनन्द लामालाइ मुख्य स्थान दिइएको छ। साहिल खानले काटेको ट्रेलर आकर्षक बनेको छ।

आरबि खत्री ‘शरद’ले निर्देशन गरेको चलचित्र ‘पसिना’मा राम केसीको छायांकन, राजनराज सिवाकोटी, दीपक शर्मा र थिरज राइको संगीत, नवीन निरौलाको सम्पादन, शिव विक, राजीव समरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ। ‘गरौ सत्कर्म, बगाउ पसिना’ भन्ने नारा बोकेको चलचित्र समसामयिक कथामा बनेको छ।

पसिना बगाएर मात्र नहुने भन्दै सत्कर्म गर्न पनि आवश्यक रहेको सन्देश चलचित्रले दिने निर्देशकले बताए। आरबी खत्री ‘शरद’ को कथा रहेको ‘पसिना’ को निर्माता शान्ता ढकाल हुन्। बैशाख २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रका कार्यकारी निर्माता संजय महतो हुन्। चलचित्रको ट्रेलर यसै साता सार्वजनिक गर्ने योजनामा निर्माण टिम रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.