|

इलाम : लिग लिडर मनाङ मस्याङदी क्लबले एएफसी कपको आफ्नो दोश्रो खेलमा भारतीय सुपर लिग विजेता चेन्नाइयिन एफसीसँग प्रतिस्पर्धा गदैछ। भारतको अहमदाबादस्थित एरेना रंगशालामा नेपाली समयअनुसार ७:४५ बजे सुरु हुने खेलमा मनाङलाई दोश्रो चरणमा प्रवेशका लागि जित निकाल्नै पर्ने दबाब छ। पहिलो खेलमा बंगलादेशी लिग च्याम्पियन ढाका अबहानी लिमिटेड १–० गोल अन्तरले पराजित मनाङलाई दोस्रो चरणको आशा जीवित बनाउन चेन्नइयिनविरुद्ध अंक जोड्नै पर्ने आवश्यकता रहेको छ।

२ पटकको भारतीय सुपर लिग च्याम्पिनयविरुद्ध जित निकाल्न ८ पटकको लिग लिडर तथा अधिकांश नेपाली राष्ट्रिय टोलीले भरिएको मनाङलाई सहज भने छैन। ब्राजिलियन खेलाडी मेलिसय एल्भेसको नेतृत्वको चेन्नइयिनसँग भारतीय टिमका गोलरक्षक करन्जित सिंह, इग्लिस प्रिमियर लिग क्लब एस्टनभिल्लाका पूर्वखेलाडी क्रिसफर हेड, ब्राजिलियन एलि सवियासहित भारतीय राष्ट्रिय टोलीका जेजे लाल्पिखुला, सिके भीनिथ, मोहम्मद रफीलगायत रहेका छन्।

चेन्नइयिन टिमलाई इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय एवं एस्टन भिल्ला र क्विन्स रेन्जर पार्कका प्रशिक्षकसमेत रहिसकेका जोन ग्रेजोरीले प्रशिक्षण दिएका छन्। उनी आइएसएलको सन् २०१८ को उत्कृष्ट प्रशिक्षकसमेत चुनिएका थिए। 

यता, ८ जना राष्ट्रिय टोलीका सदस्य रहेको मनाङ मर्स्यांदीलाई छिरिङ लोप्साङले सम्हालेका छन्। चेन्नइयिनले आफनो पहिलो खेलमा आइ लिग विजेता मिर्नेभा पञ्जावसँग १-१ गोल बराबरी खेलेको थियो।

'होम एण्ड अवे'को आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन्। त्यसका लागि मनाङलाई अबको खेलमा अंक जोड्नै पर्ने बाध्यतासमेत रहेको छ। प्ले अफमा समूह ’इ’ को विजेतासहित समूह ’डी’, ‘आइ’ र आसियान क्षेत्रको विजेताले खेल्नेछ।

यस्तो छ टिम लाइनअप :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.