|

भक्तपुर : सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गएराति बस र टिपर ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
 

गएराति १२ः४५ बजे भक्तपुरबाट बनेपा जाँदै गरेको बा३ख १७८४ नं.को बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नं.को टिपर एकापसमा ठक्कर खाँदा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मृत्यु भएको हो। मध्यपुर अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। 

दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.