|
File Photo

काठमाडौं : चर्चित भारतीय अभिनेत्री मनिषा कोइरालाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र श्वास्थ्य सेवाको उचित व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेकी छन्।

सगरमाथा बेस क्याम्पको ट्रेकिङ सम्पन्न गरी काठमाडौं आइपुगेकी उनले बिहीबार काठकाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा र स्वास्थ्य सेवाको अभावमा रहेका त्यस क्षेत्रका बासिन्दाका लागि आवश्यक व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेकी हुन्।

अभिनेत्री कोइरालाले सगरमाथा बेस क्याम्पको ट्रेकिङको क्रममा स्थानीय बासिन्दाबाट आफूले ठूलो सहयोग पाएको पनि स्मरण गरिन्। तर सगरमाथा जानेहरूलाई जति सहयोग गरे पनि उनीहरूले भने स्वास्थ्य सेवा पाउने अवस्थासमेत नभएकोमा आफूलाई दुःख लागेको अभिनेत्री कोइरालाको भनाइ छ।

अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरूका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा गएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.