|

जनकपुरधाम : प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले देशको विकटत्तम परिस्थतिमा पनि सक्षम र सवल उपस्थिति देखाएकोमा प्रशंसा गरेका छन्।

प्रमुख कायस्थले राष्ट्रिय मानव अधिकार आयोग जनयुद्धदेखि लिएर मधेस आन्दोलन तथा बिभिन्न कालखण्डमा भएको परिवर्तनहरूको आन्दोलनमा मानव अधिकार उपस्थिति सराहनीय रहेको बताएका हुन्। पूर्व आयुक्त समाज राष्ट्रिय मानव अधिकार आयोग ललितपुरको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा जनकपुरधाममा आयोजित 'मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा राष्ट्रिय मानव अधिकार संयन्त्रहरू बीचको समन्वयकारी भूमिका' वषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख कायस्थले मानव अधिकारले न्यायको सिद्धान्तमा अघि बढेकोले विश्वमै नाम कमाएको बताए।

कायस्थले मानव अधिकार आयोगले तयार गरेको प्रतिवेदन उपर सरकार तथा न्यायकर्मीले महत्वका साथ हेर्नुपर्ने बताए। कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य परमेश्वर साहले मानव अधिकारको संरक्षण सम्बर्द्धनको कुरा पटक–पटक गरिए पनि राज्य पक्षबाटै मानव अधिकारको उल्लंघन हुनुले देशमा मानव अधिकारको प्रत्याभूति नभएको जिकिर गरे। उनले देशमा मानव अधिकारको प्रत्याभूत भए अपराधजनक घटना स्वत: घटेर जाने दाबी गरे।

यस्तै फोरम नेपालकी नेत्री एवं प्रदेशसभा सदस्य चमेलीदेवी दासले मानव अधिकारमा पैसावलाको वर्चश्व रहेको दावी गर्दै मानव अधिकारकर्मीले कुनै पनि घटनाको निश्पक्ष रुपमा छानबिन गर्नुपर्नेमा घटना मोडिने गरेको दाबी गरिन। उनले संघीय सरकारले दलितलाई मानव नै नबुझ्न गरेका कारण आयोगको दायित्व प्रति प्रश्न चिन्ह खडा भएको बताए। उनले थप्दै भनिन,‘मधेसमा लामो समयसम्म भएको मधेस आन्दोलनको क्रममा घटेका घटनाहरूमा आयोगले निस्पक्ष प्रतिवेदन बनाउन नसक्दा पीडितले न्याय पाउन सकिरहेको छैन ।’

कार्यक्रममा प्रदेश २ का मुख्यन्याधिवक्ता दिपेन्द्र झाले मानव अधिकारको सवालमा प्रदेश २ अगाडि रहेको दावी गर्दै प्रदेशमा २ मा हरेक निकायमा प्रतिनिधित्व गराउनका लागि पुरुष तथा महिलाका लागि ५० प्रतिशत प्रतिशत आरक्षणको व्यवस्था गरिएको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.