|

ओखलढुङ्गाः  सिद्धिचरण नगरपालिकामा ४० बढी पशु चौपायालाई कुकुरले आक्रमण गरेपछि किसानहरू मर्कामा परेका छन्। जिल्ला सदरमुकामको बजार आसपासका क्षेत्रमा जंगली कुकुरको आतंक बढेपछि किसाानहरु आतंकित बन्न थालेका छन्। पछिल्लो समय जिल्लाको सिद्धिचरण नगरपालिकामा छाडा छाडिएका कुकुर र जंगली कुकुरको आतंक बढेको छ।

बारीमा कामगर्दा होस या जंगलमा घाँसदाउराको लागि जाँदा मानिसलाई समेत कुकुरहरुले झम्टीने गरेको स्थानिय किसान सानुबाबु खड्काले बताए। सदरमुकाम बजार आसपासमा मात्रै एक महिनाको अवधिमा ४० भन्दा बढी पशुपंक्षिलाई कुकुरले आक्रमण गरे पछि किसानहरुले नगरपालीकालाई कुकुर नियन्त्रणका लागी ज्ञापन पत्र समेत बुझाएका थिए।

अघिल्ला वर्षहरुमा कुकुरले केही स्थानमा मात्रै पशुलाई आक्रमण गर्ने गरेको भए पनि यो वर्ष एक महिनाको अवधिमा किसानहरु आतंकीत हुने गरी कुकुरले आक्रमण गर्न थाले पछि नगरपालीकाले नेपाल सरकार मन्त्री परीसदमा ०७३ साल चैत २४ गते स्वीकृत पशु निर्देशिका २०७३ अनुसार आवश्‍यक निर्णय गरेको र कुकुर आतंकलाई प्रहरी प्रसाशनको सहयोगमा केही समयमा नियन्त्रण गर्ने सिद्धिचरण नगपालिका उपप्रमुख इच्छाकुमारी गुरुङले बताइन्।

चैत एक गतेदेखि सिद्धिचरण नगरपालिका भित्रका किसान चिनीमाया सुबेदीका तीन, यम बहादुर बुढाथोकीका दुई, यज्ञ बहादुर जोगी तीन, काजी गिरीका तीन, दातेम्वा शेर्पाका पाँच, हरीबहादुर खत्रिका दुई, कृष्ण कुमार श्रेष्ठका दुई, शंकर राजभणरीका आठ, दिलकुमार बुढाथोकीका दुई, बिरकाजी राईका दुई र नगरपालीकामा उजुरीका लागी नआएका एक तामाङ्ग परीवारका सात वटा गरी ३८ खसिबाख्रालाई आक्रमण गरी खाएको छ।

नगपालिका भित्रै गरी डल्ली कामी र गोपाल विश्वकर्माका एकएक वटा गाईका बाच्छालाई पनि कुकुरले अक्रमण गरेको छ। त्यस्तै गरी ओखलढुंगा पोल्टीफर्ममा पालेका टर्कीलाई समेत आक्रमण गरी मारेको पोल्टी फर्म संचालक चित्रकुमार श्रेष्ठले बताए। फर्मममा रहेका १८ टर्कीलाई आक्रमण गरी मारेको र २० केजी भन्दा बढी क्ष्ती पुराएको श्रेष्ठको भनाई छ।

नगर क्षेत्रका वडा नं. १२ को सितलपुर, वडा नं. ११ को सोब्रु, कमेरे रमाईलो डाँडा, वडा नं. पाँच को ढुङ्ग्रे, वडा नं. पाँच र छ का बिभिन्न स्थानमा कुकुरले पशु चौपायालाई बिगत केही वर्ष अघिदेखी आक्रमण गरी किसानलाई आतंकित पार्दै आएको छन्।

पशुलाई आक्रमण गर्ने कुकुर छाडा छाडीएका जस्ता देखीने तर जंगली कुकुर भएका कारण कुन स्थानमा बस्छन र कुनेबेला घरपालुवा जनावरलाई आक्रमण गर्छन केही थाहा नभएका कारण विशेष निगरानी गरी आफुहरुलाई खवर गर्न किसानहरुलाई आग्रह गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ओखलढुङ्गा पशु चिकीत्सक डा. हरीकुमार रघु श्रेष्ठले बताए।

कुकुरले मान्छेलाई समेत आक्रमण गर्ने खतरा बढ्दै गएका कारण तत्काल कुकुर नियन्त्रण गर्नु पर्ने पडीत किसानहरु बताउँछन्।

पिडीत किसान कृष्ण राजभण्डारीका अनुसार दिउँसो घर गोठमा कोही नभएको सुनसान समयमा कुकुरहरुले गोठमा रहेका बस्तु बाख्रालाई आक्रमण गर्ने र धपाउन खोज्दा कुकुरले आफैलाई झम्टिने गरेका छन्। सदरमुकाम आसपासमा कुकुर आतंक बढे पछि भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ओखलढुङ्गा र पशु सेवा शाखा सिद्धिचरण नगरपालिकाले संयुक्त रुपमा कुकुर नियन्त्रणका लगाी बिभिन्न सात बुदे कार्यबिधि तयार गरी काम थलीएको सिद्धिचरण नगरपालिका पशु सेवा शाखाका पशु स्वास्थ्य प्राबिधिक कृष्ण कुमार कार्कीले बताए।

सदरमुकाममा कुकुरले आक्रमण गर्न थाले पछि समय मै नियन्त्रणका लागी सबंधित निकायले पहल नगरे ओखलढुङ्गा सदरमुकाम आसपासमा जंगली कुकुरको आतंकले भयावह रुप लिने देखीन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.