|

कप्तान विराट कोहलीको शतक र मोइन अलीले उत्कृष्ट अलराउण्डर प्रदर्शन गरेपछि बैंग्लोर जारी इन्डियन प्रिमियर लिग(आइपिएल) मा दोस्रो जित निकाल्न सफल भएको छ।

शुक्रबार राति सम्पन्न रोमान्चक खेलमा बैंग्लोरले कोलकता नाइट राइडर्सलाई १० रनले हराउँदै दोस्रो जित दर्ता गरेको हो। २१४ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा पाँच विकेटको क्षतिमा २०३ रन बनायो। कोलकतालाई जितका लागि अन्तिम १२ बलमा ४३ रन चाहिएको थियो। १९ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै कुल रसेलले १९ रन बटुले। कोलकतालाई जितका लागि अन्तिम ओभरमा २४ रन चाहिएको थियो। तर मोइन अलीले १३ रन मात्र दिएपछि कोलकता स्तब्ध बन्यो।

आन्द्रे रसेलले २५ बलमा नौ छक्का र दुई चौका प्रहार गर्दै ६५ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नितेश रानाले ४६ बलमा पाँच छक्का र नौ चौका प्रहार गर्दै ८५ रनमा अविजित रहे। आन्द्रे रसेलर नितेश रानाले विश्फोटक ब्याटिङ गर्दै पाँचौ विकेटका लागि ११८ रनको साझेदारी गरेपछि कोलकताको जितको सम्भावना पलाएको थियो।

त्यसअघि इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २१३ रन बनायो। बैंग्लोरलाई विशाल योगफल तयार पार्न कप्तान विराट कोहलीले सानदार शतक प्रहार गरे। ५८ बलमा १०० रन प्रहार गरे। त्यस्तै मोइन अलीले पनि २८ बलमा ६६ रनको विष्फोटक पारी खेलेका थिए। जसले गर्दा बैंग्लोरले २०० रनको स्कोर कटाएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.