|

काठमाडौं : रोयल वेस्टर्न फुटबल क्लब मेलबर्नको आयोजनामा अस्ट्रेलियाको सिडनी र मेलवर्नमा नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएको 'न्यु इएर धमाका' कार्यक्रममा नेपाली कलाकारहरूले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन्। अस्ट्रेलियाको साइप्रस कम्युनिटी हलमा गत वैशाख ६ गते बेलुकी भएको कार्यक्रममा ४०० भन्दा बढी दर्शकको उपस्थिति रहेको कार्यक्रममा नेपाली कलाकारले प्रस्तुति दिएका हुन्। 

कार्यक्रममा हास्यव्यंग्य  कलाकार सुबोध गौतम, गायक मानसराज, गायक बद्री पंगेनीले दर्शकलाई मनोरञ्‍जन दिएका थिए। कार्यक्रममा कलाकार गौतमको क्यारिकेचर प्रस्तुत गर्दा दर्शकको हाँसो लगातार गुन्जिरह्यो। उनको प्रस्तुतिलाई तातेको माहोल सेलाउन नपाउँदै गायक मानसराजले आफ्नो प्रस्तुति दिए। उनको चर्चित गीत 'भाइरल भइदियो'ले माहोललाई अझ रौनक थपिएको थियो।

उक्त कार्यक्रम साहित्यकार, समाजसेवी सुशील चालिसेको सक्रियतामा सम्पन्न भएको हो। कार्यक्रममा गौतम, मानसराजका साथै पंगेनीले समेत प्रस्तुति दिएका थिए।

एउटै समयमा नेपाली समुदायकै सातवटा कार्यक्रम जुधे पनि ४०० भन्दा बढीको उपस्थितिलाई उल्लेख्य मान्नुपर्ने आयोजक जीवन डिसीले बताए। अस्ट्रेलियाका लागि अवैतनिक राजदूत चन्द्र योन्जनले दूतावासमै नेपाली कलाकारहरूलाई स्वागत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.