|

काठमाडौं : 'अलग आर्ट हब' को आयोजनामा नदिशको कविता वाचन  सम्पन्न भएको छ। अनामनगरस्थित मण्डला थिएटरमा भएको कार्यक्रममा कवि नदिशले आफ्ना एकदर्जन नयाँ पुराना कविता प्रस्तुत गरे।

कार्यक्रममा उनले बचपन, कम्पनीमा एकदिन, निस्तो चिया, पृथ्वी प्राइभेट कम्पनी, म कतै हराएँ, जब रात उदाउँछ, यस्तरी मरौँ, कुरूप प्रेम लगायतका कविता वाचन गरेका थिए। लाइभ म्युजिकसहित भएको उक्त कार्यक्रममा उनका अन्य कविताहरू चन्द्रविर तुम्बापो, रसिकराज, अमृता स्मृती, अभिनाश भट्टराई, जीवन खत्रीले समेत वाचन गरेका थिए।

कार्यक्रमपश्चात बोल्दै कवि नदीशले आफ्ना कविता सुन्न यस्तो भीड लाग्छ भन्ने नसोचेको बताए। कवि नदिश लामो समय अमेरिका बसाइँपश्चात नेपाल फर्केको मौकामा कार्यक्रम आयोजना गर्ने अवसर मिलेको आयोजकले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.