|

काठमाडौं : निरन्तर शनिबारकाे नियमित रचना वाचन सम्पन्न भएको छ। यस पटककाे शृंखलामा अतिथिका रूपमा कवि आरएम डंगोललाई निम्त्याइएकाे थियाे। कार्यक्रममा डंगोलले आफ्नाे साहित्यिक यात्राका अनुभव र अनुभूतिहरू सुनाउँदै आफूले वाचन गरेकाे कवितामाथि पारिजातले कमेन्ट गरेकाे  स्मरण गरे। कविता लेखनमा आफूले तीन दशक पार गरेकाे भए पनि परिष्कार र परिमार्जनकाे क्रम अझै कायम रहेकाे बताए।

अहिले आफ्नाे ब्रह्मले देखेका भन्दा पनि बजारमा बिक्ने खालकाे साहित्य लेख्ने प्रवृत्ति बढेकाे भन्दै त्यसले गुणवत्तामा वृद्धि नगर्ने जिकिर गरे। आफूले विश्वविद्यालयमा कविता पढाउने गरेकाे प्रसंग काेट्याउँदै उनले कविता सिद्धान्त जानेर मात्र काेही कवि बन्न नसक्ने र शास्त्र वा सिद्धान्तलाई अगाडि राखेर सिर्जना नहुने दाबी गरे।

कवि डंगोलले पहिला सर्जकले सिर्जना गर्ने र त्यसपछि मात्र ती सिर्जनाहरूकाे व्याख्या-विश्लेषण गर्न समालाेचना सिद्धान्तहरूकाे विकास हुने कुरा प्रस्ट पारे। प्रत्येक हप्ता कार्यक्रम गर्न निकै कठिन हुँदाहुँदै पनि निरन्तर शनिबारले यसलाई सम्भव बनाएकाे भन्दै प्रशंसासमेत गरे। उनले  पाँचथर, कवितामा काठमाडाैं, अनाम यात्रीहरूकाे नाममा, मुक्तियात्रा, अन्तर र गुनासाे गरी आधा दर्जन कविता सुनाए।

कार्यक्रममा सुदर्शन शर्मा, पूर्णिमा प्रतिविम्ब, केवल कार्की, पदम दाहाल, राजबाबु श्रेष्ठ सागर, दुर्गा जाेशी, काशीराम बजगाई, सुविन खनाल, प्रकाश सिलवाल, साेझाे गाउँले लगायतले आ-आफ्ना रचना वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.