|

चितवन : भरतपुर अस्पतालमा सुरु भएको मरणोपरान्त अंगदान कार्यक्रममा एक महिनामा ६ जनाले अंगदान गरेका छन्। शनिबार २१ वर्षीय चन्द्रप्रकाश उपाध्यायले अंगदान गरेसँगै दान गर्नेको संख्या ६ पुगेको हो।

उनी भरतपुर अस्पतालमा सबैभन्दा कम उमेरका अंगदाता बनेका छन्। उपाध्ययले आफ्नो २१ औं जन्मदिनको अवसरमा अंगदान गरेका हुन्। उनले मृत्युपश्चात् मुटु, मिर्गौला, फोक्सो, कलेजो लगायतका अंगदान गर्ने मञ्जुरीनामा दिएका छन्। 

मृत्युपछि माटोमा मिसिने शरीरका अंग दान गर्न पाउँदा खुशी लागेको उनले बताए। प्रायः बुढेसकालमा अंगदानबारे मानिसहरुले सोच्ने गरेको भन्दै कसैलै नयाँ जीवन पाउने पूण्य काममा ढिलो गर्न नहुने भन्दै अंग दान गरेको उनको भनाइ छ। 

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार हालसम्म अंगदानका लागि ६ जनाले मञ्जुरी दिएका छन्। त्यसमध्येका सबैभन्दा कम उमेरका मरणोपरान्त अंगदान गर्ने व्यक्ति उपाध्याय बनेका छन्। उनीबाहेकका पाँच जना ५० वर्षमाथिका छन्। गत चैत्र ६ मा प्रदेश सांसद विजय सुवेदीले जन्मदिनको अवसर पारी भरतपुर अस्पतालमा मरणोपरान्त अंगदानको घोषणा गरी अंगदान कार्यक्रमको सुरुवात गरेका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.