|
फाइल फोटो

बझाङ : जिल्लाको खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जिप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको छ।

दुर्घटनामा दुलाहा पक्षका ६५ वर्षीय बासुदेव जोशीको घटनास्थलमा मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेहरूमा चेतराज जोशी, गोकर्ण जोशी, नरेश प्रसाद जोशी, डम्मर प्रसाद जोशी, देबराज जोशी, सुकदेब जोशी र गाडी चालक जयराज जाशी रहेको प्रहरीले जनाएको छ।

चेतराज जोशीको गम्भीर चोट लागेको भए पनि अन्यको अवस्था सामान्य भएको र स्थानीयले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाएको मृतकका आफन्त इश्वरप्रसाद जोशीले जानकारी दिए।

नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त जिप गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। तमैलबाट छान्ना हुँदै अहिले सेती लोकमार्ग र खप्तड पर्यटकीय सडकमा जिपहरू चल्ने गर्दछन्।

मृतक जोशी लाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याइएको छ। विवाहको जिप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि विवाह पनि स्थगित गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.