|

बाँके : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङ प्रतियोगितामा एयर राइफल महिलातर्फ नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले सबैभन्दा बढी अंक प्राप्त गरेकी छन्। कुल ६०० पूर्णांकको प्रतियोगितामा फुलमायाले ५६५ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक प्रदीप खातीले जानकारी दिए। 

खेलमा नेपाली सेनाकी मीरा बन्जाराले ५५२, प्रदेश २ की निशा लामाले ५१४, प्रदेश ५ की सपना नेपालीले ५१४, प्रदेश १ की तुलादेवी खड्काले ४७७, सुदूरपश्चिम प्रदेशकी निर्मलाकुमारी साउदले ४६१, सुदूरपश्चिम प्रदेशकै सपना बोहराले ४६२ र गण्डकी प्रदेशकी करिश्मा बस्नेतले ४५२ अंक प्राप्त गरेको मुख्य प्रशिक्षक खातीले बताए। त्यस्तै आइतबार भएको खेलमा एयर पिस्तोल महिलातर्फ सबैभन्दा बढी अंक नेपाली सेनाकी सरिता बस्नेतले ५१६ अंक प्राप्त गरिन्।

प्रतियोगितामा नेपाली प्रहरीकी दुर्गा सिन्जालीले ५०७, प्रदेश ३ की रुविना श्रेष्ठले ५०१, प्रदेश ५ की पुष्पा रोकाले ४७१, प्रदेश २ की उषा पोखरेलले ४४५, प्रदेश १ की संगीता राईले ३०६ अंक प्राप्त गरिन्। आइतबार भएको ६०० पूर्णांकको एयर राइफल पुरुषतर्फ सबैभन्दा बढी अंक गण्डकी प्रदेशका मिलंग गुरुङले प्राप्त गर्न सफल भए। गुरुङले ५४९ अंक प्राप्त गरेका थिए।

प्रतियोगितामा प्रदेश ५ का अनर्भ घिमिरेले ५३८, प्रदेश ३ का कृष्ण घोरासैनीले ५२२ अंक प्राप्त गरेको प्रतियोगिताका मुख्य निर्णायक खातिले जानकारी दिए। 
खेलमा प्रदेश १ का युवराज श्रेष्ठले ५१८, नेपाल प्रहरीका रामशरण बइजुले ५०३, प्रदेश २ का सन्तोष शर्माले ४९२ तथा सुदूरपश्चिमका खेलाडीद्वय सुनिल चन्द र आमेस डगौराले क्रमशः ४५४ र ४८५ अंक प्राप्त गरे। ६०० पूर्णांककै एयर पिस्तोल पुरुषतर्फ नेपाली सेनाका विष्णु डिस्वा मगरले सर्वाधिक ५२९ अंक प्राप्त गरे।

प्रतियोगितामा प्रदेश ५ का केशव चौधरीले ४८४, सुदूरपश्चिमका रुविन थापाले ४२५ र सुदूरपश्चिमकै रणसिंह बुढाले ३६४ अंक हात पारेका छन्। प्रतियोगिताअन्तर्गत सोमबार पनि थप खेल हुँदैछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.