|

बैतडी : असिनाले बैतडीका विभिन्न स्थानमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा ठूलो मात्रामा क्षति पुर्‍याएको छ।

आइतवार बेलुका  लगातार एक डेढ घण्टा परेको असिनाले दशरथचन्द नगरपालिका, पाटन नगरपालिकाका विभिन्न स्थानमा असिनाले क्षति पुर्याएको किसानहरुले बताएका छन्।  यसअघि पनि विभिन्न समयमा परेको असिनाले गहुँमा क्षति पुर्‍याएको थियो। यस पटक भने पाक्नै लागेको गहुँमा क्षति पुर्‍याएको छ। गहुँमा क्षति पुर्‍याएपछि भोकमरी चिन्ता बढेको दशरथचन्द नगरपालिका–१ का देवदत्त भट्टले बताए।

उनका अनुसार असिनाले रुखका बोक्रा समेत उप्काएको छ। तरकारी तथा फलफूलका बेर्नाहरु नष्ट भएका छन्। वडा नम्बर १ गुरुखोलामा रहेका १८ वटा निजी नर्सरीमा राखेको बेर्ना नष्ट भएको किसान वीरबहादुर टेरले बताए। 

यस्तै, पाटन नगरपालिकाका विभिन्न स्थानमा परेको असीनाले गहुँ, फलफूल र तरकारी बालीमा क्षति पुर्याएको स्थानीय लोकेन्द्रप्रसाद पन्तले बताए। हिउँदे वर्षाले यस वर्ष गहुँ सप्रेको भए पनि असिनाले क्षति पुर्‍याएको छ।

यसअघि वैशाख ६ मा परेको असिनाले बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा गहुँ नष्ट गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.