|

युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको उपाधि जितेको छ।

पाँच खेल अगावै उपाधि जित्ने क्रममा पीएसजीले आइतबार रातिको खेलमा मोनाकोलाई ३–१ ले पराजित गर्दा दोस्रो स्थानको लिलि टौलौससँग बराबरीमा रोकिएपछि पीएसजी च्याम्पियन बन्यो। पीएसजीको यो पछिल्लो सात सिजनमा छैटौँ उपाधि हो ।

पीएसजीको ३३ खेलबाट ८४ अंक पुगेको छ। पीएसजीले दोस्रो स्थानको लिलेलाई १९ अंकले पछि पारेको छ। घरेलु मैदानमा पीएसजीलाई जिताउन युवा फरवार्ड एमबाप्पेले ह्याट्रिक पूरा गरे। पछिल्लो केही खेलमा गोल गर्न असफल हुदा एमबाप्पेको आलोचना भएको थियो।

खेलको १५औँ मिनेटमा एमबाप्पेको पहिलो गोल गरे। ३८औं मिनेटमा एमबाप्पेले दोस्रो गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। ५६औँ मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे। ८०औँ मिनेटमा एलेसन्दर गोलोभिनले सान्त्वाना गोल गरे। पराजित मोनाको ३३ खेलबाट ३२ अंक जोडेर १६औं स्थानमा छ।

यही खेलबाट नेयमारले तीन महिनापछि खेलमा पुनरागमन गरे। नेयमार दोस्रो हाफमा लेभिन कुर्जावाको स्थानमा मैदान प्रवेश गर्दै पुनरागमन गरे। नेयमारले ३ महिनाअघि फ्रेञ्च कप दौरान स्टार्सवर्गविरुद्धको खेलमा मेटाटर्सलमा चोट बोकेका थिए। त्यसयता उनी मैदानमा देखिएका थिएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.