|

भीमदत्तनगर : कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गर्ने निःशुल्क औषधि अभाव भएको छ। औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन्।

बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ। अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहीद परिवारलगायतलाई निःशुल्क औषधि दिँदै आइरहेको थियो।

चार दिनअघि अस्पतालले सूचना जारी गर्दै बजेट अभावका कारण औषधि र आंशिक छुट दिन नसक्ने बताएको छ। महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले औषधिका लागि सङ्घीय सरकारबाट चालू आर्थिक वर्षमा तीन लाख रुपैयाँ मात्रै आएको जानकारी दिए। ' सो रकमको औषधि सकिएपछि यहाँ समस्या भयो', सूचना अधिकृत अवस्थीले भने', 'औषधि उपलब्ध गराउनका लागि सुदूरपश्चिम प्रदेश सरकारमा पहल गरिरहेका छौँ।'    

उधारो धेरै भएपछि बिक्रेताले औषधि दिन नसक्ने भनेका कारण अभाव भएको उनले बताए। औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० जना बिरामी मारमा परिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.