|

नेपाल आर्मीका कृष्ण बस्नेतले आठौं राष्ट्रिय खेलकदुअन्तर्गत म्याराथनतर्फ राम्रो रेकर्ड सहित स्वर्ण पदक हात पारेका छन्।

४२.१२९ किलोमिटर दूरी उनले २ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्न सफल भए। उनले धावक बैकुण्ठ मानन्धरको रेकर्ड भने तोड्न सकेनन्। मानन्धरले  म्याराथन २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा पूरा गरेका थिए। यस्तै प्रदेश ६ का दुर्गा बुढा दोस्रो बने। ४२.१२९ किलोमिटर दूरी उनले २ घण्टा १८ मिनेट ३९ सकेन्डमा पूरा गरे। एपीएफका कृष्णसिंह बोगटीले २ घण्टा २२ मिनेट ७ सकेकन्डको समय निकाल्दै तेस्रो बने।

रामेछाप गोकुल गाउँपालिका ३ निवासी बस्नेत विगत १३ वर्षदेखि नेपाल आर्मीमा आवद्ध छन्। उनी खेलाडीको रुपमा नभई आर्मीको जागिरेको रुपमा आवद्ध भएका थिए। त्यही राम्रो भएपछि एथलेटिक्समा प्रवेश गरे। ‘अहिलेको उपलब्धीलाई मैले ठूलो सफलताको रुपमा लिएको छु’, जितपछि बस्नेतले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.