कृष्णगोपालको कानेखुसी

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले कमलादीस्थित प्रज्ञा भवनमा ७० औँ एकता दिवस मनाइरहेको छ। सोमबार सवा एक बजेतिर सुरु भएको कार्यक्रममा तत्कालीन एमाले र माओवादी केन्द्रबिच भएको एकतालाई अगाडि बढाउने खुड्किला मानिएको जिल्ला कमिटी एकताको लागि तयार पारिएको सुची वितरण गरिएको थियो। 

अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलले तयार पारेको ७७ जिल्लाका अध्यक्ष र सचिवको सूची सबै सचिवालय सदस्यलाई बाँडिएको थियो।महासचिव पौडेलले सचिवालयले सर्वसम्मत पारित गरेको भनिएको उक्त सूची कार्यक्रममा नै सबै सचिवालय सदस्यलाई बाँडिएको थियो।

सूची हातमा परेसँगै एकतामा आफ्नो पक्षलाई पेलेर गएको भनेर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यक्रम स्थल छोडेका छन्। करिब १:४५ मा बाहिरिएका नेता नेपाल २:२५ बज्दासम्म पनि फर्किएका छैनन्।

उनी बाहिरिएपछि महासचिव पौडेल, केन्द्रीय कार्यालय सचिव तथा ओलीनिकट कृष्णगोपाल श्रेष्ठ कार्यक्रम स्थल बाहिर र भित्र  आउजाउ गरिरहेका छन्। श्रेष्ठ कहिले अध्यक्ष ओली त कहिले महासचिव पौडेलसँग कानेखुसी गर्दै सल्लाह गरिरहेका छन्।

नेपाल पक्षले तत्कालीन एमालेका अध्यक्ष ओलीले एकताका क्रममा आफ्नो पक्षका जिल्ला नेतृत्वलाई बाहिर्याएकाे भन्दै नेतृत्वको आलोचना गर्दै आएका थिए। नेपाल पक्षले पार्टीको जिल्ला कमिटी एकताको निर्णय कम्तिमा पनि स्थायी कमिटी बैठक बाेलाएर नाम टुंग्याउन माग गर्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.