|

बाँके : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत १४ औँ राष्ट्रिय उसु प्रतियोगितामा त्रिभुवन आर्मी क्लवको अग्रता जारी छ। आर्मीले ६ स्पर्धामा पाँच स्वर्ण जितेको छ।
महिला छाङ छ्वानमा आर्मीकी सुस्मिता तामाङलेस्वर्ण जितिन्। सोही स्पर्धामा प्रदेश १ की पम्फा राईले रजत हात पार्दा एपीएफ क्वलकी अस्मिता श्रेष्ठले कास्य जितिन्। 

पुरुष छाङ्ग छ्वानमा आर्मीका विजय सिंजालीले स्वर्ण जिते। सोही स्पर्धामा प्रदेश ३ का रविन तामाङले रजत र एपीएफका कृजो आलेमगरले कास्य हात पारे। त्यस्तै पुरुष थायची छ्वान-थायची चेन स्पर्धामा पनि आर्मीका हरिप्रसाद गोलेले स्वर्ण पदक हात पारे। उनले प्रदेश ३ का पासाङ शेर्पालाई पराजित गरे। शेर्पाले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जनक बुढाले कास्यमा चित्त बुझाए। 

महिला थायची छ्वान÷थायची चेन स्पर्धामा आर्मीले स्वर्ण हात पारेको छ। उक्त स्पर्धामा आर्मीका मिना ग्लानले स्वर्ण जित्दा आर्मीकै सविता राईले रजत र सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरीले कास्य पदक हात पारिन्। पुरुष नान छ्वान-नान कुन स्पर्धामा एपीएफ क्वलका युवराज थापालाई पराजित गरी कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जित्न सफल भए भने एपीएफकै कास्य सन्नी श्रेष्ठले कास्य जितिन्। 

महिला नान छ्वान-नान ताव स्पर्धामा आर्मीकी नीमा घर्तीमगरले प्रदेश ३ की अन्जिता स्याङताङलाई पछि पार्दै स्वर्ण जितिन्। सो अस्पर्धामा कर्णाली प्रदेशकी सरु सोतीले कास्य पदकमा सिमित भइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.