|

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका १ गुणादीमा सोमबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका ३३ का ३१ वर्षीय सन्दिप कुँवर रहेका छन्। त्यस्तै मोटरसाइकलमा सवार पोखरा लेखनाथ महानगरपालिका–७ माँझफाँटकी २५ वर्षीया सिर्जना राउत घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। राउतलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

दुर्घटनाको विषयलाई लिएर केही समय राजमार्ग अवरोध गरिएको प्रहरीले जनाएको छ। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ८४१० नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३-०२-००१ प ६०३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बस र चालकलाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.