|

सिमकोट : सिमकोट गाउँपालिकाले 'नमुना युवा संसद् स्थापना र अभ्यास कार्यक्रम' अन्तर्गत गाउँपालिका रहेका माध्यमिक विद्यालयहरुमा अध्ययन गर्ने युवा विद्यार्थीलाई अभिमुखीकारण कार्यक्रम अभ्यास गरिएकाे छ। सोमबार सम्पन्न नमुना संसद स्थापना अभ्यासबाट युवाको नेतृत्व तथा क्षमता विकासमा जाेड दिइएकाे थियाे।

नमुना संसद स्थापनाले विद्यार्थीकाे सीप विकासमा समेत सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम संचालन भएको शिक्षा  युवा तथा खेलकुद शाखा प्रमुख गंगाप्रसाद भटट्टले बताए। नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाको बारेमा युवालाई सुसुचित गराउँदै युवामैत्री बनाउन र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिने रहेको छ। सत्तापक्ष-प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन भने उनीहरू संसद् सञ्चालनको अभ्यास समेत गरेका थिए।

स्थानीय तहमा युवाको सशक्तिकरण तथा सामाजिक, राजनीतिक, शैक्षिक मूल प्रवाहीकरणमा सहभागिता खोज्न यसप्रकारको नमूना कार्यक्रम सञ्चालनमा ल्याएको छ। भविष्यमा नेतृत्व तहमा सक्षम जनशक्ति पुर्‍याउने लक्ष्यका साथ सञ्चालित कार्यक्रममा २० जान युवा  विद्यार्थी सहभागी थिए। सिमकोट गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गाउँपालिकामा रहेका विद्यालयमा अध्यायन गर्ने युवा विद्यार्थी नमुना युवा संसद् स्थापना र सञ्चालनको अभ्यास गराएको शिक्षा शाखा प्रमुख गंगा प्रसाद भट्टले  बताए।

हुम्लाकै सातै वटा गाउँपालिका मध्ये सिमकोट गाउँपालिकामा पहिलोपटक नमुना युवा संसद गठनको अभ्यास गरिएको हो। गाउँपालिकामा नमुना संसद् गठनका विभिन्न चरणहरू पूरा गरिएको छ। छनोटमा परेका युवालाई नमुना संसद् स्थापना र अभ्यासका लागि नेतृत्व विकास तथा नमुना युवा संसद सञ्चालनसम्बन्धी कार्यशालामार्फत प्रशिक्षित गरिएको समेत गंगाप्रसाद भट्टले जानकारी दिए।

सबै चरण पूरा गरी सोमबार राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयन, सरकार गठन र प्रति पक्षसमेत तयार गरिएको थियो। सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावतको अध्यक्षतमा र जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतको  प्रमुख आथित्यमा  युवा संसद गठनको उद्देश्यका बारेमा प्रकाश पारेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.