|
फाइल फोटो

इन्डियन प्रिमियर लिग सिजन १२ को ४० खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच हुन गइरहेको छ।

नेपाली समय अनुसार सवा ८ बजे शुरु हुने खेलमा दिल्लीबाट खेलीरहेका नेपाली खेलाडी सन्दीप लामिछाने भने प्लेइङ ११ मा परेका छैनन। सन्दीप आज दिल्लीको बेन्चमा नै बस्ने भएका छन।

सन्दीपको ठाउँमा दिल्लीले क्रिश मोरिसलाई ल्याएको छ। स्वामी मानसिंह स्टेडियम जयपुरमा हुन लागेको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको छ।

यसअघीको खेलमा दिल्लीका सन्दीप लामिछानेले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका थिए।

दिल्ली अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ। आजको खेल जितेमा दिल्ली शीर्ष चारमा रहँदै अर्को चरणमा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.