|

 काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ। गएराति भएको खेलमा राजस्थान रोयललाई  छ विकेटले पराजित गरेसँगै दिल्लीले एक नम्वरमा स्थान बनाउन सफल भएको हो। 

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९.२ बलमामा मात्र चार विकेट गुमाएर पुरा गरेको हो। दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय पारी खेले। अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए। त्यस्तै धवनले ५४ रन जोडे  पृथ्वी शाँले ४२ रन बनाए ।

यसअघि राजस्थानले  २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो  राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय पारी खेलेका थिए । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए।

यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए। दिल्लीका कागीसो राबडाले २ विकेट लिए। यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.