|

बाजुरा : बूढीगंगा नगरपालिका–३ मा रहेको चैत्यपिपल सूर्योदय निवामिमा कार्यरत शिक्षिकाले पढाउँदै नपढाई तलब खाएको पाइएको छ।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचारअनुसार नेपाली विषय राहत निमावि दरबन्दीमा कार्यरत शिक्षिका सुशीला रौलेलाई तीन वर्षदेखि तत्कालीन गाविस, बूढीगंगा नगरपालिका र विद्यालयको संरक्षणमा तलब दिइएको स्थानीयको भनाइ छ।

शिक्षिका रौले तीन वर्षदेखि धनगढीमा बस्दै आएकी छिन्। उनले केही मय खेताला शिक्षक राखेकी थिइन्। २०७४ माघदेखि चैतसम्म एक खेताला राखिन्। त्यसपछि २०७५ असारमा हाजिर गरेर तलब बुझिन्। २०७५ साउनदेखि असोजसम्म एक स्थानीयलाई १० हजार दिने गरी खेताला राखेर फेरि उनी धनगढी गइन्। असोजमा उनलाई विद्यालयले तलब दिएको बताइएको छ।

असोजपछि खेताला पनि राखिनन्, आफू पनि विद्यालयमा उपस्थित भइनन्। तर नगरपालिकाले पुसमा चार महिनाको तलब खातामा जम्म गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापाले बताए। नगरपालिकाले पुससम्म तलब निकासा गरेको भए पनि उनको विद्यालय हाजिरी रजिस्टरमा २०७५ असार १५ सम्म मात्र हाजिरी छ। त्यसयता हाजिरविनै तलब बुझिरहेकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.