|

बाँके : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत पुरुष ह्याण्डबल खेलमा गण्डकी प्रदेश र विभागीय टिम एपीएफ फाइनलमा प्रवेश गरेका छन्। पुरुषतर्फको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई ४०–१८ गोल अन्तरले हराउँदै फाइनलमा आफूलाई सुरक्षित गरेको हो।

सोही मैदानमा भएको दोस्रो खेलमा विभागीय टिम एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३२–२६ गोलले किनारा लगायो। तेस्रो स्थानको लागि प्रदेश ३ र आर्मी बीच मंगलबार बिहान र गण्डकी र एपीएफ बीचको फाइनल खेल बेलुका हुने नेपाल हेण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए।

महिला ह्याण्डबल : त्रिभुवन आर्मी र एपीएफ फाइनलमा 

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लव र एपीएफ फाइनलमा प्रवेश गरेका छन्। सोमबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३८–१७ को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै फाइनलमा प्रवेश गर्‍यो। 

त्यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको विभागिय टिम एपीएफले गण्डकी प्रदेशलाई २२–४ गोल अन्तरले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.