|

जुम्ला : चन्दननाथ नगरपालिकाको जम्बो टोली भ्रमणमा निस्केको छ। भ्रमणमा नगर कार्यपालिका र विषयगत शाखाका कर्मचारी गरी.एक दर्जनभन्दा बढी छन्। यति ठूलो संख्यामा कर्मचारीसहितको भ्रमणले नगरपालिकाको कामकारवाही प्रभावित भएको छ।

अन्तर जिल्ला भ्रमण कार्यक्रमअन्तर्गत कार्यपालिका सदस्य आठ जना र विषयगत शाखाका प्रमुखहरु मुस्ताङ भ्रमणमा गएको उपप्रमुख अप्सरादेवी न्यौपाने महतले जानकारी दिइन्। भ्रमणका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ छुट्याएको छ। 

नगरपालिका अन्तर्गतका कृषि, पशु र स्वास्थ्य लगायतका शाखाका प्रमुखहरु भ्रमणमा गएकाले कार्यालयबाट प्रवाह हुने सेवाहरु रोकिएका छन्। 

नगरपालिकाले भ्रमणका लागि विनियोजन गरेको सात लाख रुपैयाँमध्ये दुई लाख रुपैयाँ वडा नम्बर ५ का अध्यक्ष अर्जुनसिंह कठायतको नेतृत्वको टोलीले भ्रमण गरिसकेको छ। 

भ्रमण खासै उद्देश्य नभए पनि नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार भ्रमणमा गएको बताइएको छ।  नगरपालिकाबाट एउटै आर्थिक वर्षमा दुई वटा भ्रमण भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.