|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले एम्बुलेन्सको भाडा तोकेको छ। एमुबुलेन्सले मनोमानी रूपमा भाडा लिने गरेको गुनासो बढेपछि यस्तो गरिएको  उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले वडा १ देखि १६ सम्म ५०० रुपैयाँ र वडा १७ देखि २५ सम्ममा एक हजार भन्दा बढी लिन नपाउने नियम बनाएको छ। यसैगरी जनकपुरधाम भएर काठमाडौं जाने एम्बुलेन्स वा शववाहनलाई सिन्धुलीतर्फको बाटोमा १० हजार पाँच सय भाडा कायम गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए। यसअघि यहाँको भाडा १४ हजार पाँच सय थियो। एम्बुलेन्स सञ्चालन तथा दर्ता भएकै स्थानबाट सञ्चालन गरी भाडामा एकरूपता हुनुपर्ने उनले बताए।

साथै अस्पताल वरिपरि २०० मिटर भित्र सुर्तीजन्य तथा धूमपान, मद्यपान बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरेको एम्बुलेन्स चालक संघ ट्रेड युनियन धनुषाका महाशंकर ठाकुरले जानकारी दिए। साथै एम्बुलेन्समा अक्सिजन भए\नभए, बिरामीलाई चाहिने न्यूनतम उपकरणसहित जाँच गर्ने निर्णय गरिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको बैठकमा धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल, ट्राफिक प्रहरी प्रमुख दिपक साह, जनस्वास्थ्यका उमेश साह, नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति रामनरेश सिंह, नागरिक समाजका  मूरलीमनोहर मिश्र लगायत उपस्थित थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.