पियाद्वारा ३ करोड दान

|

चितवन : काठमाडौं उपत्यकाबाहिर पहिलोपल्ट चितवनमा स्पाइनल इन्ज्योरी अस्पताल तथा पुन: स्थापना केन्द्र बन्ने भएको छ। भरतपुर महानगरपालिकामा ‘श्री उदयकुमार चमेलीदेवी पिया चितवन स्पाईनल इन्जुरी अस्पताल तथा पुन:स्थापना केन्द्र’ को शिलान्यास गरिएको हो।

चितवन रोटरी क्लबको नेतृत्वमा रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ जावलाखेल स्पाइनल इन्ज्योरी संघ नेपालसँगको सहकार्यमा सो केन्द्र निर्माण गर्नेभएको हो। 

पियाद्वारा ३ करोड दान

केन्द्र स्थापनाका लागि भरतपुर ३ नारायणगढका समाजसेवी उदयकुमार पियाले तीन करोड रुपैयाँ दान गरेका छन्। पियाले चितवनमा २००५ सालदेखि व्यापार व्यवसाय गर्दै आएका थिए। ९० वर्षीय पिया हाल स्वास्थ्य अवस्थाका कारण व्यवसाय छाडेर बसेका छन्। उनका दुई छोरा छन्। 

भरतपुर महानगरको जग्गा

केन्द्र निर्माण गर्न भरतपुर महानगरले सानो मझुवा नगरवनमा रहेको एक विघा जग्गाको भोगाधिकार प्रदान गरेको छ। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले स्पाइनल इन्ज्योरी अस्पताल तथा पुन: स्थापना केन्द्र निर्माणका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने पिया परिवारलाई धन्यवाद दिँदै मानवीय सेवा गर्ने हातहरूलाई महानगरपालिकाले सधैँ स्मरण गरिरहने बताइन्।  

२ वर्षभित्र २५ वेडको क्षमतामा निर्माण गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी छ। भविष्यमा केन्द्रलाई ५० वेडको क्षमतामा विस्तार गर्ने र फिजियो थेरापीलगायतका विधाहरूको सिकाइ केन्द्रको रूपमा यसलाई विकास गर्दै लैजाने लक्ष्य राखिएको छ।  

समाजसेवी पियाले दान गरेको तीन करोड, रोटरी क्लबहरू र अन्य स्रोतबाट एककरोड ५० लाख रुपैयाँ जुटाएर केन्द्रको स्थापना गर्न लागिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.