|

काठमाडौं : पोखरा विश्वविद्यालयमा रोकिएको परीक्षा १६ वैशाखबाट सञ्चालन हुने भएको छ।

विद्यार्थीको आन्दोलन र तालाबन्दीका कारण परीक्षा मिति हेरफेर र स्थगित हुँदै आएकाे परीक्षा वैशाख १६ देखि सञ्चालनमा आउने भएकाे हाे। 

विश्वविद्यालयले चारवटा संकायको परीक्षा २०७५ फागुन ३० लाई तोकेको थियो। उक्त मितिमा परीक्षा सञ्चालन हुन नसकेपछि २०७५ चैत्र १५ त्यसपछि २०७६ वैशाख ६ गतेका लागि तोकिएको थियो। विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति, रजिष्टार र परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेपछि वैशाख ६ मा सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरिएको थियो।

पोखरा विश्वविद्यालय अन्तर्गत ४२ कलेजले नियमविपरीत विद्यार्थी भर्ना गरेको भन्दै लामो समयदेखि विद्यालय विवादमा अल्झिएको थियो। डी ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन लिन नहुने विषयको माग गर्दे विद्यार्थी समूह आन्दोलनमा उत्रिएका थिए। विद्यार्थीले पटक पटक गरेको आन्दोलन नरोकिएपछि तेस्रो पटक वैशाख ६ मा तोकिएको परीक्षा उक्त मितिमा पनि सञ्चालन हुन सकेको थिएन।

वैशाख १६ बाट हुने परीक्षा विभिन्न संकायको गरी असार सातमा अन्तिम परीक्षा हुने छ। परीक्षालाई व्यवस्थित, मर्यादित रूपमा सञ्चालन गर्नका सम्बन्धित सरोकारवाला पक्षलाई सहयोग गरिदिन विश्वविद्यालयले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.